Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

एनएमबि माइक्रोफाइनान्सले सुृरु गर्यो लघुवित्त अभिमुखीकरण तालिम

२०७३ चैत्र १३ गते

एनएमबि माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले लघुवित्त अभिमुखीकरण तालिम सुरु गरेको छ । संस्थाले फिल्डमा काम गर्ने नयाँ कर्मचारीहरुलाई लघुवित्त कार्यक्रमको बारेमा जानकारी गराउँदै कार्यक्षेत्रमा काम गर्दा आवश्यक पर्ने ज्ञान, सीप तथा दक्षताको बारेमा ज्ञान दिलाउँदै नयाँ फिल्ड कर्मचारीहरुको क्षमता अभिबृद्धि गर्ने उद्देश्यले उक्त तालिम आयोेजना गरेको हो । तालिमको उद्घाटन पोखराको नागढुंंगा स्थित होटल स्टार रबिमा प्रमुख कार्यकारी अधिकृत तिर्थरत्न कोनाजोले आइतबार गरे । 
 
उद्घाटन कार्यक्रममा कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै  प्रमुख कार्यकारी अधिकृत कोनाजोले लघुवित्तको परिचय, लघुवित्तको इतिहास, नेपालमा लघुवित्तको शुरुवात आदिको बारेमा सहभागीहरुलाई स्पष्ट पारे । बंगलादेशबाट शुरुवात भएको ग्रामीण मोडलको लघुवित्त हाल नेपालका अधिकांश लघुवित्त संस्थाहरुले अनुशरण गर्दै आएको जानकारी उनले गराए । नेपालमा लघुवित्तको स्थापना गर्नुको उद्देश्य देशका अधिकांश क्षेत्रहरु ग्रामीण क्षेत्र रहेको र सो क्षेत्रका विशेष गरी महिलाहरु आर्थिक, सामाजिक, सांस्कृतिक रुपमा पछाडी परेकोले उनीहरुको अवस्थामाथि उठाउने रहेको बताए । एनएमबि माइक्रोफाइनान्सले विशेष गरी यसको कार्यक्षेत्र देशको हिमाली र पहाडी जिल्लाहरुमा केन्द्रित रहेको जानकारी कोनाजेले दिए । गाउँघरका महिला सदस्यहरु आर्थिक रुपले विपन्न भए तापनि उहाँहरु इमान्दार, मेहनती र विश्वासिलो हुने भएकाले सो क्षेत्रमा लघुवित्त कार्यक्रम प्रभावकारी भइरहेको उनको भनाई थियो । 

कार्यक्रममा लघुवित्तको फिल्डमा कामगर्ने कर्मचारीहरुमा हुनुपर्ने आवश्यक कुराहरु, फिल्डमा आइपर्ने समस्या तथा चुनौतीहरु र ती चुनौतीहरुको समाधान गर्ने उपायहरुका साथै समुह प्रवेश पुर्व तालिम संचालन प्रक्रियाहरुका बारेमा केन्द्रित रहने जानकारी गराइयो । त्यसैगरी फिल्डमा काम गर्ने कर्मचारीहरुमा लघुवित्तको बारेमा आवश्यक ज्ञानका साथै अन्य विविध क्षेत्रको ज्ञान आवश्यक रहेकोले सोही ज्ञान, सीप र दक्षताअभिबृद्धि गर्न तालिमको आयोजना गरिएको सीईओ कोनाजाले बताए । हरेक कर्मचारीहरुमा सकारात्मक सोचाई हुनुपर्ने र कर्मचारीहरु ग्रामीण क्षेत्रको विपन्नवर्ग, समुदायमा काम गर्नुपर्ने भएकाले सो क्षेत्रको वातावरण वुझि सोहीअनुसार काम गर्नुपर्ने कुरामा उनले जोड दिए । त्यसैगरी लघुवित्तको क्षेत्रमा काम गर्ने कर्मचारीहरुले आफ्नो कार्यक्षेत्रका ऋणी सदस्यहरुको वित्तीय सल्लाहकारको भुमिका निर्वाह गर्नुपर्ने उनको तर्क थियो । 

२ दिन सम्म संचालन हुने सो सेवा प्रवेश पुर्व तालिम कार्यक्रममा १५जना प्रशिक्षार्थीहरुले ७ दिनको फिल्ड अवधारणा गरी प्राप्त सिकाईको आधारमा तयार पारिएको प्रतिवेदन प्रस्तुत गरिने साथै फिल्डको अनुभव तथा सिकाईहरु आदान प्रदान गर्दै फिल्डमा देखिएका राम्रा पक्ष र समस्या पत्ता लगाई समस्याको समाधानका उपायहरुको पहिचान गरिने बताइएको छ । 

Ad