Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

इपिएस भाषा परीक्षाको शुल्क ग्लोबल आइएमई बैंकका ९४ शाखाहरुबाट संकलन

२०७३ चैत्र ९ गते

ग्लोबल आइएमई बैंकले विगतका बर्षहरुमा जस्तै इपिएस कोरियन भाषा परीक्षाको परीक्षा शुल्क संकलन सेवा प्रदान गरेको छ । बैंकले बुधबार (चैत्र ९ गते)देखि १० दिन (चैत्र १८ गते)सम्म (सञ्चालन हुने ८ औँ  इपिएस कोरियन भाषा परीक्षाको परीक्षा शुल्क पूर्व मेचिदेखि पश्चिम महाकालीसम्म छरिएर रहेका आफ्ना ९४ शाखाहरुबाट संकलन गर्ने व्यवस्था मिलाएको हो । अघिल्ला वर्षहरुमा देशका विभिन्न स्थानहरुमा छुट्टै काउण्टर स्थापना गरेर संकलन गर्दै आईएको परिक्षा शुल्क यस वर्ष भने ग्लोबल आइएमई बैंकका सम्पूर्ण शाखाहरुबाट संकलन गर्ने व्यवस्था मिलाइएको छ । 

नेपाल सरकार श्रम मन्त्रालय बैदशिक रोजगार विभाग संगको सहकार्यमा सुरुवात देखि नै ग्लोबल आइएमई बैंकले इपिएस भाषा परिक्षा शुल्क संकलन सेवा प्रदान गर्दै आइरहेको छ । ग्लोबल आइएमई बैंकका देशभर रहेका ९४ वटा शाखाहरु मार्फत परिक्षा शुल्क संकलन गरिएको कारण यसवर्ष सेवाग्राहीहरुले लामो लाईनमा बस्नुपर्ने समस्याबाट छुटकारा पाएका छन् । ग्लोबल आइएमई बैंक कोरियन भाषा परीक्षाको परीक्षा शुल्क संकलन गर्ने एकमात्र बैंक हो ।

Ad