Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

टुरिजम डेभलपमेन्ट बैंकको तीन शाखा उद्घाटन

२०७३ चैत्र ८ गते

टुरिजम डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नो शाखा सञ्जाल विस्तारको क्रममा नवलपरासीको रजहर, रुपन्देहीको बुटवल र बाँकेको कोहलपुरबाट शाखाहरुको औपचारीक उद्घाटन गरेको छ । बैंकले चैत ७ गते रजहर र बुटवल तथा चैत ८ गते कोहलपुर शाखाको समुद्घाटन समारोहको आयोजना गरि उद्घाटन गरेको हो । 

रजहर शाखाको समुद्घाटन देबचुली उद्योग बाणिज्य संघ देबचुलीका अध्यक्ष धर्मराज बस्याल र बैंकका अध्यक्ष प्रा.डा पुष्पराज कंडेलले संयुक्त रुपमा रिबन काटेर गरेका थिए । बुटवल शाखाको समुद्घाटन उद्योग बाणिज्य संघका केन्द्रीय सदस्य शंकर श्रेष्ठ र बैंकका अध्यक्ष प्रा.डा पुष्पराज कंडेलले संयुक्त रुपमा रिबन काटेर गरेका थिए ।

कोहलपुर शाखाको समुद्घाटन प्रमुख जिल्ला अधिकारी रविलाल पन्त, नेपाल राष्ट्र बैंक, क्षेत्रीय कार्यालय, नेपालगंजका निर्देशक गुरु प्रसाद पौडेल र बैंकका अध्यक्ष प्रा.डा पुष्पराज कंडेलले संयुक्त रुपमा रिबन काटेर गरेका थिए । 


 

Ad