Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

‘पनामा पेपर्स लिक’ : सेल कम्पनीसंग कारोबार नगर्न राष्ट्र बैंकको निर्देशन

admin २०७२ चैत्र २५ गते
सेयर:

panamapapersनेपाल राष्ट्र बैंकले भौतिक उपस्थिति बिनाका संस्थाहरु अर्थात ‘सेल कम्पनी’हरुसंग कुनै बैंकिङ कारोबार नगर्न बाणिज्य बैंकहरुलाई निर्देशन दिएको छ । बुधबार २९ वटै बाणिज्य बैंकहरुलाई पत्रचार गर्दै ‘पनामा पेपर्स लिक’ प्रकरणबारे सत्यतथ्य पत्ता लगाउन सक्रिय देखिएको बैंकले सेल कम्पनीहरुसंग कारोबार नगर्न र गरेको भए सोबारे विवरण राष्ट्र बैंकलाई उपलब्ध गराउन निर्देशन दिएको हो । सम्पती शुद्धीकरण अनुसन्धान विभागद्धारा आयोजित छलफलपछि राष्ट्र बैंकले बैंकहरुलाई पनामा पेपर्समा नेपालीको बैधानिक या अबैधानिक संलग्नता भएको पत्ता लगाउन यस्तो कदम चालेको हो । 

विश्वका चर्चित र शक्तिशाली व्यक्तिहरुको कर छलीसम्बन्धी पनामाको ‘मोसाक फोन्सेका’मा केही नेपालीहरु पनि रहेको भन्ने बाहिर आएपछि त्यसबारे सत्य तथ्य छानवीनका लागि आवश्यक प्रक्रिया अगाडी बढाउन सम्पति शुद्धिकरण अनुसन्धान विभागले बुधबार मध्याह्न नेपाल राष्ट्र बैंकसहित नेपाल प्रहरी, आन्तरीक राजस्व विभाग र अर्थ मन्त्रालयका अधिकारीलाई विभागको कार्यलयमा बोलाएर छलफल गरेको थियो । सो छलफलमा राष्ट्र बैंकबाट सहायक निर्देशक हरि नेपाल सहभागी भएका थिए । छलफलपछि राष्ट्र बैंकले पनामा प्रकरणबारे कुनै संस्थाको सहभागीता रहे÷नरहेको पत्ता लगाउन बैंक तथा वित्तिय संस्थाहरुलाई सेल कम्पनीबारे विवरण उपलब्ध गराउन निर्देशन दिएको हो । 

यसअघि मंगलबार राष्ट्र बैंकले पनामाको ‘मोसाक फोन्सेका’ बाट खुलासा भएका नामहरुको नेपालमा रहेको खाताबारे अध्ययन गर्न सम्बन्धित बैंक तथा वित्तीय संस्थाहरूलाई निर्देशन दिएको थियो । खुलासा भएका व्यक्तिहरुले नेपालमा पनि कुनै व्यवसाय संचालनमा ल्याएको हुन सक्नेतर्फ सचेत हुँदै राष्ट्र बैंकले त्यस्ता खाताहरु छानवीन तिब्र पारेको हो । 

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।