२०७३ चैत्र ६ गते

नेपाल सुन चाँदी रत्न तथा आभुषण महासंघको अध्यक्षमा रमेश महर्जन 

नेपाल सुन चाँदी रत्न तथा आभुषण महासंघको अध्यक्षमा रमेश महर्जन चयन भएका छन् । चैत्र ५ र ६ गते पोखरमा सम्पन्न महासंघको चौथो वार्षिक साधारण सभाले महर्जनलाई अध्यक्षमा चयन गरेको हो । 

विशिष्ट सदस्यमा सुरेशमान श्रेष्ठ, प्रथम, द्धितीय र तृतीय उपाध्यक्षमा क्रमशः रुद्र बहादुर बराईली, महेशमान श्रेष्ठ र अमरनाथ गुप्ता चयन भएका छन् । त्यस्तै, महासचिवमा कृष्णलाल महर्जन, सचिवमा राजमान सुनार र किसान सुनार, कोषाध्यक्षमा द्धवारिका विश्वकर्मा र जयराम पाण्डे लगायत २६ सदस्यीय कार्यसमिति सर्वसम्मत रुपले चयन भएको बताइएको छ ।   
 
विधान संसोधन गर्दै महासंघको संरचनालाई प्रादेशिक स्तरमा विस्तार गर्ने निर्णय पनि साधारणसभाले गरेको छ ।