Banking Khabar
ब्रेकिङ
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

जनता र त्रिवेणीबीचको मर्जर अन्तिम चरणमा, राष्ट्र बैंकले दियो अन्तिम स्वीकृति

admin २०७३ चैत्र १ गते
सेयर:

जनता बैंक नेपाल लिमिटेडले त्रिवेणी विकास बैंक लिमिटेडलाई गाभ्नका लागि अन्तिम स्वीकृति पाएको छ । नेपाल राष्ट्र बैंकको सोमबार बसेको संचालक समितिको बैठकले जनता र त्रिवेणीबीचको मर्जरलाई अन्तिम स्वीकृति दिएको हो । यी दुई बैंक एक बराबर एकको स्वाप रेसियोमा गाभिन लागेका हुन् । 

त्रिवेणीसँगको मर्ज प्रक्रिया नसकिँदै जनता बैंकले सिद्धार्थ डेभलपमेन्ट बैंक लिमिटेडलाई एक्वायर गर्ने सम्झौता गरेको छ । यी दुई बैंकबिच पनि एक बराबर एकको स्वाप रेसियो तय भएको छ । त्रिवेणीसँगको मर्जर प्रक्रिया टुंग्याएर सिद्धार्थसँगको एक्विजिसन प्रक्रियालाई तीव्र पार्ने योजना जनता बैंकको छ । 

यसअघि जनता बैंकले त्रिवेणीलाई गाभेर नपुगेको चुक्तापुँजी ६० प्रतिशत हकप्रद सेयर जारी गरेर पुर्याउने निर्णय गरेको थियो । अब सिद्धार्थलाई गाभ्ने सम्झौता भएपछि भने हकप्रदको निर्णयमाथि पुनर्विचार गरिने बताइएको छ । किनकि, सिद्धार्थलाई गाभेपछि हकप्रद विना नै जनताको चुक्तापुँजी आठ अर्ब रुपैयाँ पुग्नेछ । हाल सिद्धार्थ डेभलपमेन्ट बैंकको चुक्तापुँजी एक अर्ब ४१ करोड रुपैयाँ रहेको छ । ६० प्रतिशत हकप्रद सेयर जारी गरेर बैंकले दुई अर्ब २७ करोड रुपैयाँ पुँजी पुर्याउँदैछ ।

राष्ट्र बैंकले तोकेको मितिसम्म चुक्ता पुँजी ८ अर्व पुर्याउनका लागि मर्जरलाई पहिलो प्राथमिकतामा राखेर आफ्नो बैंकको पुँजी वृद्धि योजना तयार गरेको जनता बैंकले सर्वप्रथम मेगा बैंकसँग मर्जरमा जाने सहमति गरेको थियो । तर मेगासँग मर्जरमा गएर एकिकृत कारोबार गर्ने मौखिक सहमति लिखित सम्झौतामा कार्यान्वयन हुन नपाउँदै यी दुइ बैंकबीचको मर्जर प्रक्रिया यतिकैमा थन्किन पुग्यो । यसलगत्तै ०७२ असौज ३ गते माछापुच्छ्रे बैंकसँग मर्जरमा जाने र एकिकृत कारोबार संचालन गर्ने निर्णयका साथ यी दुइ वाणिज्य बैंकका अध्यक्षहरुले सम्झौता पत्रमा हस्ताक्षर गरे । त्यहाँ पनि सम्झौता पछिको सात महिनाको अथक प्रयासपछि अन्ततः यी दुइ बैंक बीचको मर्जर प्रक्रिया टुट्न पुग्यो । त्यसपछि भने आफैँ आठ अर्ब चुक्तापुँजी पुर्याउन कम्मर कसेको जनता बैंक आफ्नो निर्णमाथि खरो उत्रिएको देखिन्छ ।

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।