Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

बागमती सफाइ महाअभियानलाई टुरिजमको सहयोग

admin २०७३ फाल्गुन ३० गते
सेयर:

टुरिजम् डेभलपमेन्ट बैंकले बागमती सफाइ महाअभियान २०७० लाई सहयोग गरेको छ । अभियानको २००औं हप्ताको विशेष अवसरमा बैंकले उक्त अभियानलाई आवश्यक विभिन्न सरसफाइका सामग्रीहरू प्रदान गरेको हो ।

यसै अवसरमा आयोजित विशेष कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत महेश शर्मा ढकालले अभियानलाई आवश्यक पर्ने बुटजुत्ता, पञ्जा, मास्क, डोकोे ,दाँते कोदालो गरि एक लाख भन्दा बढी मुल्यका सामग्रीहरू यस अभियानका प्रमुख अभियन्ता एवं नेपाल सरकारका मुख्य सचिव सोमलाल सुवेदीलाई हस्तान्तरण गरे । कार्यक्रमको प्रमुख आतिथ्यता स्वास्थमन्त्री गगन थापाले ग्रहण गरेका थिए । उक्त सरसफाइ कार्यक्रममा यस बैंकका कर्मचारीहरूको पनि उल्लेख्य सहभागिता रहेको थियो ।

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।