Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

स्वावलम्बन विकास केन्द्रको आयोजनामा लघुवित्त सम्बन्धी छलफल कार्यक्रम हुँदै

२०७३ फाल्गुन २५ गते

रोयल आचार्य – स्वाबलम्बन विकास केन्द्रको आयोजनामा लघुवित्त सम्बन्धी छलफल कार्यक्रम हुने भएको छ । राजधानीमा बिहिबार अन्तर्राष्ट्रिय क्षेत्रमा बिभिन्न लघुवित्तहरुले अपनाई आएका लघुवित्त कार्यक्रम सम्बन्धी स्वालम्बनको आयोजनामा एकदिने कार्यक्रम हुने भएको हो । 

'A Journey from the NGO to Bank -Bandhan Bank's Experience' नामक कार्यक्रममा लघुवित्त क्षेत्रका अग्रणी व्यक्तित्वहरुले महत्वपूर्ण विचारधारा राख्ने आयोजकले जनाएको छ । लघुवित्त कार्यक्रमहरुलाई अझ बढी प्रभावकारी एवं सबल बनाउन सफल भारतको कोलकत्ता स्थित बन्धन बैंकको सहकार्यमा उक्त कार्यक्रम गर्न लागेको हो । कार्यक्रममा लघुवित्त कार्यक्रमहरु संचालन गर्ने फिन्गो, लघुवित्त बैंक, लघुवित्त कार्यक्रम संचालन गर्ने सहकारी संस्था, विकास तथा बाणिज्य बैंकका प्रतिनिधिहरु सहभागी हुने स्वावलम्बन विकास केन्द्रका कार्यकारी प्रमुख शंकरनाथ कपालीले जानकारी दिए । 

एकदिने यस कार्यक्रममा लघुवित्त कार्यक्रम संचालन सम्बन्धी, लघुबित्त कार्यक्रम संचालन गरिरहेका संस्थाहरुले अपनाई आएका लघुवित्त कार्यक्रम सम्बन्धमा छलफल हुने आयोजकले बताएको छ ।