Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
फिन–टेक

त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलमा प्रभु बैंकको एटीएम 

२०७३ फाल्गुन २५ गते

प्रभु बैंक लिमिटेडले आफ्ना ग्राहकहरुको सेवालाई ध्यानमा राख्दै मंगलबारदेखि त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनल भवनमा नयाँ एटिएम सेवा सञ्चालनमा ल्याएको छ । उक्त एटिएमको उद्घाटन त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थल नागरिक उडड्यन कार्यालयका महाप्रबन्धक देवानन्द उपाध्यायले एक समारोहका बिच गरेका हुन् ।

त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनल भवनमा सञ्चालित बैंकको एटिएमबाट स्वदेशी तथा विदेशी ग्राहकहरुले एटिएम प्रयोग गरी सेवा लिन सक्नेछन् । उक्त एटिएमबाट बैंकका ग्राहकहरुले अधिकतम लाभ उठाउन सक्ने विश्वास बैंकले लिएको छ ।