आरएसडीसी लघुवित्त वित्तीय संस्थाले साधारणसभा प्रयोजनका लागि बुक क्लोजको मिति तय गरेको छ । संस्थाले चैत्र १ गतेदेखि १२ गतेसम्म सेयरधनीले पुस्तिका बन्द गर्ने निर्णय गरेको हो । संस्थाको वार्षिक साधारणसभा चैत्र १२ गते हुँदैछ ।
साधारणसभामा आरएलडीसीले १५ प्रतिशत बोनस सेयर पारित गराउँदैछ । साथमा बोनस सेयर जारी गरेपछि कायम हुने चुक्तापुँजीको दुई सय प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने अनुमति समेत लिँदैछ ।
हाल आरएसडीसी लघुवित्तको चुक्तापुँजी १० करोड रुपैयाँ रहेको छ । १५ प्रतिशत बोनस सेयर जारी गरेपछि लघुवित्तको चुक्तापुँजी ११ करोड ५० लाख रुपैयाँ नाघ्ने छ । यसको २०० प्रतिशत हकप्रद सेयर जारी गरेपछि कम्पनीको चुक्तापुँजी करिब ३५ करोड पुग्ने छ ।