Banking Khabar
ब्रेकिङ
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

विहीबारदेखि आउँदैछ युनाइटेड मोदीको आईपिओ, जानिराख्नुस् कम्पनीको वित्तीय अवस्था

admin २०७३ फाल्गुन १७ गते
सेयर:

युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडले १७ लाख २५ हजार कित्ता साधारण सेयर विहीबार (यही फागुन १९ गते)देखि निष्काशन गर्दै छ । कम्पनीले एक सय रुपैयाँ अंकित मूल्यमा १७ करोड २५ लाख रुपैयाँ बराबरको १७ लाख २५ हजार कित्ता साधारण सेयर सर्वसाधारणका लागि निष्काशन गर्न लागेको हो ।

कसरी र कहाँ दिने आवेदन ?
कम्पनीको सेयरमा न्यूनतम ५० कित्ता अर्थात पाँच हजार रुपैयाँ तथा अधिकतम १५ हजार कित्ता अर्थात १५ लाख रुपैयाँ बराबरको आवेदन दिन सकिनेछ । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईबीएल क्यापिटल लिमिटेड रहेको छ । एनआईबिएल क्यापिटल लाजिम्पाट, सीबीआइएल क्यापिटल डिल्लीबजार, काठमाडौं क्यापिटल मार्केट लिमिटेड कमलादी, भिबोर क्यापिटल लिमिटेड ललितपुर, गोदार्ज फाइनान्स डिल्लीबजार तथा शाखा कार्यलयहरु, गुहेश्वरी मर्चेण्ट बैङ्किङ् एण्ड फाइनान्स लिमिटेड हरिहर भवन ललितपुर तथा शाखा कार्यालयहरु,चाबहिल, हेटौँडा, वीरगञ्ज र चारआली, आइसीएफसी फाइनान्स लिमिटेड काठमाडौं तथा शाखा कार्यलयहरु, सिनर्जी फाइनान्स लिमिटेड कमलादी काठमाडौं तथा शाखा कार्यलयहरु, हाम्रो विकास बैङ्क नुवाकोट, ग्रीन डेभलपमेण्ट बैङ्क लिमिटेड बाग्लुङ र साझा विकास बैङ्क लिमिटेड, धनगढी कैलाली तथा शाखा कार्यलयहरु टिकापुर र महेन्द्र नगरबाट उक्त सेयरमा आवेदन दिने सकिनेछ । 

कम्पनीको वित्तीय अवस्था कस्तो छ ?
कम्पनीको सेयरलाई इक्रा नेपालले ग्रेड ३ को रेटिङ दिएको छ । यो ग्रेडले कम्पनीको सबै पक्षहरू बलियो रहेको संकेत गर्छ । फागुन १९ गतेदेखि खुला हुने आईपिओ निष्काशन छिटोमा फागुन २३ र ढिलोमा चैत ३ गते बन्द हुनेछ । 

कम्पनीले यसअघि ३४ लाख पाँच सय कित्ता सेयर कर्मचारीहरुको लागि, ८६ हजार दुई सय ५० कित्ता सेयर सामूहिक लगानीकोषहरुलाई र ११ लाख ५० हजार कित्ता सेयर आयोजना प्रभावित स्थानीय बासिन्दालाई सेयर जारी गरी बाँडफाँड समेत गरिसकेको छ ।

यो पर्वत जिल्लामा निमार्णाधीन परियोजना हो । कम्पनीले तल्लो मोदी खोलामा १० मेगावाट आयोजना निर्माण गरिसकेको छ भने तल्लो मोदी खोलामा १० मेगावाटको आयोजना निर्माण गर्न लागेको छ । हाल युनाइटेड मोदीको चुक्तापुँजी ९७ करोड ७५ लाख रुपैयाँ रहेको छ । सर्वसाधारणलाई साधारण सेयर जारी गरी बाँडफाँड गरेपश्चात कम्पनीको चुक्तापुँजी एक अर्ब १५ करोड रुपैयाँ पुग्नेछ ।

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।