Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

‘३० वर्षे सेवा अवधि खारेजी’को विरोधमा नेपाल राष्ट्र बैंकका युवा कर्मचारी

२०७३ फाल्गुन १२ गते

नेपाल राष्ट्र बैंकमा कार्यरत युवा कर्मचारीहरुले बिहीबार बिहान एक घण्टा सांकेतिक बिरोध प्रदर्शन गरेका छन् । ३० वर्षे सेवा अवधि खारेज गर्न लागिएको भन्दै कर्मचारीहरु त्यसको बिरोधमा आन्दोलित भएका हुन् । बालुवाटारस्थित राष्ट्र बैंक परिसरमा उनीहरुले बिहीबार बिहान १० देखि ११ बजेसम्म पेन डाउन गरेका थिए ।

राष्ट्र बैंकले ३० वर्षे सेवा अवधिको व्यवस्था हटाउन सञ्चालक समितिमा प्रस्ताव लगेको छ । तर, यो व्यवस्था नहटाई बरु कडा रुपमा कार्यान्यायन गर्नुपर्ने कर्मचारीहरुको माग छ । सिमित व्यक्तिको स्वार्थमा लागेर चलखेल नगर्न उनीहरुले राष्ट्र बैंक व्यवस्थापनको ध्यानाकर्षण समेत गराएका छन् । गभर्नर डा. चिरंजीबि नेपाललाई भेटेर उनीहरुले अहिलेको व्यवस्थामा कुनै परिमार्जन नगर्न ध्यानाकर्षण गराएको जनाएका छन् । दशक अघि मात्र लागू भएको यो व्यवस्थाको खारेजीले पछिल्लो पुस्ताका कर्मचारीहरुको वृत्ति विकासमा नकरात्मक असर पार्ने उनीहरुको तर्क छ ।