February 23rd, 2017

‘३० वर्षे सेवा अवधि खारेजी’को विरोधमा नेपाल राष्ट्र बैंकका युवा कर्मचारी

नेपाल राष्ट्र बैंकमा कार्यरत युवा कर्मचारीहरुले बिहीबार बिहान एक घण्टा सांकेतिक बिरोध प्रदर्शन गरेका छन् । ३० वर्षे सेवा अवधि खारेज गर्न लागिएको भन्दै कर्मचारीहरु त्यसको बिरोधमा आन्दोलित भएका हुन् । बालुवाटारस्थित राष्ट्र बैंक परिसरमा उनीहरुले बिहीबार बिहान १० देखि ११ बजेसम्म पेन डाउन गरेका थिए ।

राष्ट्र बैंकले ३० वर्षे सेवा अवधिको व्यवस्था हटाउन सञ्चालक समितिमा प्रस्ताव लगेको छ । तर, यो व्यवस्था नहटाई बरु कडा रुपमा कार्यान्यायन गर्नुपर्ने कर्मचारीहरुको माग छ । सिमित व्यक्तिको स्वार्थमा लागेर चलखेल नगर्न उनीहरुले राष्ट्र बैंक व्यवस्थापनको ध्यानाकर्षण समेत गराएका छन् । गभर्नर डा. चिरंजीबि नेपाललाई भेटेर उनीहरुले अहिलेको व्यवस्थामा कुनै परिमार्जन नगर्न ध्यानाकर्षण गराएको जनाएका छन् । दशक अघि मात्र लागू भएको यो व्यवस्थाको खारेजीले पछिल्लो पुस्ताका कर्मचारीहरुको वृत्ति विकासमा नकरात्मक असर पार्ने उनीहरुको तर्क छ । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]