Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

सिद्धार्थ डेभलपमेन्ट बैंकको नयाँ शाखा तानसेन बजारमा

२०७३ फाल्गुन ५ गते

सिद्धार्थ डेभलपमेट बैंक लिमिटेडले पाल्पाको तानसेन बजारमा नयाँ शाखा स्थापना गरी सञ्चालनमा ल्याएको छ । आफ्नो सेवा विस्तार गर्दै जाने क्रममा बैंकले विहीबार नयाँ शाखा विस्तार गरेको हो । उक्त शाखाको उद्घाटन पाल्पा जिल्लाका प्रमुख जिल्ला अधिकारी बाबुराम गौतमद्वारा गरिएको बैंकले जनाएको छ ।

बैंकको यस शाखाले स्थानीयस्तरमा बैंकिङ सेवा सुविधा प्रदान गर्नुका साथै स्थानीय व्यवसायीहरुको आवश्यकतालाई उल्लेख्य रुपमा सम्बोधन गर्ने विश्वास लिइएको छ ।