Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

हिमालयन बैंकद्वारा अनाथ बिद्यार्थीलाई खाद्यान्न तथा शैक्षिक सामाग्री सहयोग

२०७३ फाल्गुन ५ गते

हिमालयन बैंक लिमिटेडले ‘हेल्पिङ्ग ह्यान्ड्स चिल्ड्रेन होम’ का वालवालिकाहरुलाई सहयोग प्रदान गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत नागार्जुन सीतापाईला, आदेश्वरस्थित उक्त चिल्ड्रेन होमका बिद्यार्थीलाई सहयोग गरेको हो । बैंकले चिल्ड्रेन होमका २१ जना बालबालिकाहरुलाई स्कुल ब्याग, जुत्ता तथा खाद्यान्नहरु  (चामल, दाल, खाने तेल, नुन, चिनी, गेडागुडी, विस्कुट आदि) प्रदान गरेको छ । देशका विभिन्न स्थानका अनाथ बालबालिकाहरुलाई उक्त चिल्ड्रेन होमले आश्रय दिइरहेको छ । बैंकका तर्फवाट बैंकका महाप्रबन्धक सुशील जोशीले उक्त सहयोग सामग्रीहरु हस्तान्तरण गरे ।