Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

समीट माइक्रोफाइनान्सले दुई त्रैमासमा कमायो अढाई करोड मुनाफा

२०७३ फाल्गुन ३ गते

समीट माइक्रोफाइनान्स डेभलपमेन्ट बैक लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा दुई करोड ५२ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । माइक्रोफाइनान्सले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५० दशमलव ५६ प्रतिशत बढी नाफा कमाएको हो । गत आर्थिक वर्षको दोस्रो त्रैमासमा समीटले एक करोड ६७ लाख रुपैयाँ मुनाफा आर्जन गरेको थियो ।

सात करोड २५ लाख रुपैयाँ चुक्ता पूँजी भएको समीट माइक्रो फाइनान्सले निक्षेपमा ३९ दशमलव ९७ प्रतिशतले वृद्धि गरी ४१ करोड ६३ लाख रुपैयाँ संकलन गरेको छ भने कर्जातर्फ ९३ करोड ७९ लाख रुपैयाँ लगानी गरेको छ । माइक्रोफाइनान्सको खुद व्याज आम्दानी ३५ दशमलव ७७ प्रतिशतले बढेर पाँच करोड ७५ लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफा ५० दशमलव ५६ प्रतिशतले बढेर तीन करोड ९७ लाख रुपैयाँ पुगेको छ । 

निष्कृय कर्जा शुन्य दशमलव ४३ प्रतिशत र जोखिम युक्त सम्पत्ति १५ दशमलव ०२ प्रतिशत रहेको समीट माइक्रो फाइनान्सले जगेडाकोषमा ७ करोड १० लाख रुपैयाँ राखेको छ भने प्रोभिजनमा सात लाख रुपैयाँ राखेको छ । समीटको प्रतिसेयर आम्दानी ३४ दशमलव ८५ रुपैयाँ, मुल्य आम्दानीको अनुपात ७७ दशमलव १४ गुणा, प्रतिसेयर नेटवर्थ एक सय ८९ दशमलव ०५ रुपैयाँ र तरलता अनुपात छ दशमलव ४१ प्रतिशत रहेको छ ।