Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

१५९ प्रतिशतले बढ्यो एस डेभलपमेन्ट बैंकको मुनाफा

२०७३ फाल्गुन ३ गते

एस डेभलमपमेन्ट बैंक लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा १२ करोड ९८ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १५९ दशमलव ५७ प्रतिशत बढी नाफा कमाएको हो । गत आर्थिक वर्षको दोस्रो त्रैमासमा एसले पाँच करोड रुपैयाँ मुनाफा आर्जन गरेको थियो ।

एक अर्ब २० करोड २९ लाख रुपैयाँ चुक्ता पूँजी भएको एस डेभलपमेन्ट बैंकले निक्षेपमा छ दशमलव २१ प्रतिशत वृद्धि गरी सात अर्ब ५३ करोड ९६ लाख रुपयाँ संकलन गरेको छ । कर्जातर्फ बैंकले आठ दशमलव ८६ प्रतिशतले वृद्धि गरी छ अर्ब ७६ करोड १० लाख रुपैयाँ लगानी गरेकोे छ । बैंकको खुद व्याज आम्दानी २८ दशमलव ३७ प्रतिशतले बढेर २४ करोड ७८ लाख रुपैयाँ पुगेको छ भने सञ्चालन मुनाफा एक सय ६० प्रतिशतले बढेर १६ करोड रुपैयाँ पुगेको छ । 

बैंकको जोखिम युक्त सम्पति एक दशमलव ६९ प्रतिशतले बढेर १६ दशमलव ७३ प्रतिशत पुगेको छ भने निष्कृय कर्जा दुई दशमलव ७५ प्रतिशतले घटेर एक दशमलब १२ प्रतिशत कायम भएको छ । बंैकले प्रोभिजनमा दुई करोड ८१ लाख रुपैयाँ राखेको छ भने जगेडाकोषमा ३४ करोड १५ लाख रुपैयाँ राखेको छ । यो अवधिमा बैंकले चार करोड आठ लाख रुपैयाँ राइट ब्याक गरेको छ । 

बैंकको प्रतिसेयर आम्दानी वार्षिक २१ दशमलव ५९ रुपैयाँ, मूल्य आम्दानीको अनुपात २० दशमलव ६२ गुणा, प्रतिसेयर नेटवर्थ एक सय २८ दशमलव ३९ रुपैयाँ र तरलता अनुपात २६ दशमलव ११ प्रतिशत रहेको छ ।