Banking Khabar
ब्रेकिङ
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
फिन–टेक

विहीबारदेखि पोखरामा सूचना प्रविधि तथा मोबाइल मेला हँदै

admin २०७३ फाल्गुन ३ गते
सेयर:

कम्प्युटर एसोसियसन नेपाल महासङ्घ कास्की र पोखरा इलेक्ट्रोनिक्स व्यवसायी सङ्घको आयोजनामा बिहीबारदेखि पोखरा प्रदर्शनी केन्द्रमा आठौँ सूचना तथा प्रविधि तथा मोबाइल मेला हुने भएको छ ।

यही फागुन ५ देखि ८ गतेसम्म हुने मेलाको उद्देश्य सूचना प्रविधि तथा सञ्चार क्षेत्रका नेपालमा भित्रिएका नवीनतम प्रविधिका बारेमा जानकारी गराई सूचना तथा प्रविधिका विकासमा योगदान पुर्याउने रहेको एसोसिएसन कास्कीका सचिव विश्वास भण्डारीले सोमबार जानकारी दिए ।

मेलामा बृहत् सूचना प्रविधि प्रदर्शनी, सूचना प्रविधि सम्मेलन, क्षेत्रीयस्तरको टाइपिङ प्रतियोगिता, सूचना प्रविधि हाजिरीजवाफ प्रतियोगिता, कम्प्युटर तथा मोबाइलको निःशुल्क मर्मत सेवा र सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा स्थानीयस्तरबाट गरिएका उत्पादनको प्रदर्शनी गरिने छ ।

मोबाइल मेलामा २५ ब्रान्डका मोबाइल पाँचदेखि ५० प्रतिशत छुट बिक्रीमा राखिने बताइएको छ । मेलामा १२५ कक्ष राखिने छन् । मेला सफल पार्न महासङ्घका अध्यक्ष चिन्तामणि बाँस्तोलाको संयोजकत्वमा २९ उपसमिति गठन गरिएको छ । रासस

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।