Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

राष्ट्रिय वाणिज्य बैंकले कमायो एक अर्ब २१ करोड मुनाफा

२०७३ फाल्गुन ३ गते

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा एक अर्ब २१ करोड ७७ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १३ दशमलव ५९ प्रतिशत बढी नाफा कमाएको हो । गत आर्थिक वर्षको दोस्रो त्रैमासमा राष्ट्रिय वाणिज्य बैंकले एक अर्ब सात करोड १९ लाख रुपैयाँ मुनाफा आर्जन गरेको थियो ।

आठ अर्ब ५८ करोड रुपैयाँ चुक्ता पूँजी भएको राष्ट्रिय वाणिज्य बैंकले निक्षेपमा सात दशमलव ६८ प्रतिशतले वृद्धि गरी एक खर्ब ३८ अर्ब २९ करोड ६६ लाख रुपैयाँ संकलन गरेको छ । कर्जातर्फ बैंकले २१ दशमलव ६४ प्रतिशतले वृद्धि गरी ९३ अर्ब ९० करोड ६० लाख रुपैयाँ लगानी गरेको छ । बैंकको खुद व्याज आम्दानी २६ दशमलव ७६ प्रतिशतले बढेर तीन अर्ब चार करोड ७६ लाख रुपैयाँ पुगेको छ भने सञ्चालन मुनाफा ३० दशलमव १३ प्रतिशत बढेर एक अर्ब १५ करोड ५६ लाख रुपैयाँ पुगेको छ । 

बैंकको निष्क्रिय कर्जा शुन्य दशमलव ६५ प्रतिशतले घटेर दुई दशमलव ७५ प्रतिशत कायम भएको छ भने पूँजीकोष (जोखिम भारित सम्पत्ति) शुन्य दशमलव ४३ प्रतिशतले बढेर १० दशमलव ९९ प्रतिशत रहेको छ । बैंकले जगेडाकोषमा १ अर्ब २३ करोड ४९ लाख रुपैयाँ र प्रोभिजनमा ५९ करोड १३ लाख रुपैयाँ राखेको छ  । यो अवधिमा बैंकले ४३ करोड ५८ लाख रुपैयाँ खराब कर्जा उठाएको छ ।