रिलायबल डेभलपमेन्ट बैंक लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा सात करोड ४६ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १३ दशमलव ९० प्रतिशत बढी नाफा कमाएको हो । गत आर्थिक वर्षको दोस्रो त्रैमासमा रिलायबलले छ करोड ५५ लाख रुपैयाँ मुनाफा आर्जन गरेको थियो ।
७८ करोड ८५ लाख ८२ हजार रुपैयाँ चुक्तापुँजी भएको बैंकले निक्षेपमा आठ दशमलव २३ प्रतिशतले वृद्धि गरी आठ अर्ब ५१ करोड ५७ लाख रुपैयाँ संकलन गरेको छ । कर्जातर्फ बैंकल सात अर्ब ४१ करोड ९२ लाख रुपैयाँ लगानी गरेको छ । बैंकको संचालन मुनाफा १२ दशमलव ५५ प्रतिशतले बढेर सात करोड ५३ लाख पुगेको छ भने खुद ब्याज आम्दानी ५४ दशमलव ०४ प्रतिशतले बढेर २० करोड ५० लाख रुपैयाँ पुगेको छ ।
निष्कृय कर्जा तीन दशमलव ०४ प्रतिशत, जोखिम युक्त सम्पत्ति १४ दशमलव ७९ प्रतिशत रहेको बैंकको प्रोभिजनमा आठ करोड छ लाख रुपैयाँ राखेको छ । यो अवधिमा बैंकले ३७ लाख रुपैयाँ खराबकर्जा उठाएको छ ।