Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

टुरिजम डेभलपमेन्ट बैंकले थप्यो सात वटा शाखा कार्यालय

admin २०७३ माघ २८ गते
सेयर:

टुरिजम डेभलपमेन्ट बैंकले मुलुकका विभिन्न स्थानमा सात वटा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।  बैंकले माघ २७ गतेदेखि इटहरी, हेटौडा, बुटवल, रजहर, कोहलपुर तथा कालिकोट र माघ २८ गतेदेखि काठमाडौंको कलंकीमा नयाँ शाखा स्थापना गरी बैंकिङ्क सेवा प्रारम्भ गरेको हो । 

यी शाखाहरुबाट त्यस क्षेत्र र आसपासका सर्वसाधारणहरु बैंकिङ्क सेवाबाट लाभान्वित हुने तथा बैंकको व्यवसाय थप विस्तार हुने अपेक्षा बैंकले गरेको छ । थपिएका नयाँ शाखाहरुसंगै बैंकको कुल शाखा संख्या २९, एक्स्टेन्सन काउन्टर १ तथा एटिएम् संख्या १३ पुगेको छ । साथै खोलिएका नयाँ शाखाहरुबाट बैंकले अत्याधुनिक बैंकिङ्ग सेवा तथा सुविधाहरु प्रदान गर्ने बताइएको छ ।


 

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।