स्वरोजगार लघुवित्त बिकास बैंक लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा एक करोड ४२ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा सात दशमलव ६५ प्रतिशत बढी नाफा कमाएको हो । गत आर्थिक वर्षको दोस्रो त्रैमासमा स्वरोजगारले एक करोड ३२ लाख रुपैयाँ मुनाफा आर्जन गरेको थियो ।
छ करोड ९९ लाख रुपैयाँ रुपैयाँ चुक्ता पूँजी भएको बैंकले निक्षेपमा ५० दशमलव ४८ प्रतिशतले वृद्धि गरी ३६ करोड ४१ लाख रुपैयाँ संकलन गरेको छ । कर्जातर्फ बैंकले ६४ दशमलव ६४ प्रतिशत बढाएर ८८ करोड ८१ लाख रुपैयाँ लगानी गरेको छ । बैंकको आफ्नो खुद व्याज आम्दानी ३३ दशमलव २७ प्रतिशतले बढेर चार करोड १४ लाख रुपैयाँ पुगेको छ । त्यस्तै सञ्चालन मुनाफा सात दशमलव ६६ प्रतिशतले बढेर दुई करोड २३ लाख रुपैयाँ पुगेको छ ।
निष्कृय कर्जा शुन्य दशमलव ३२ प्रतिशत र जोखिमयुक्त सम्पत्ति ११ दशमलव ७६ प्रतिशत रहेको बैंकले तीन करोड १८ लाख रुपैयाँ जगेडाकोषमा राखेको छ भने प्रोभिजनमा ४४ लाख रुपैयाँ राखेको छ । बैंकको प्रतिसेयर आम्दानी ४० रुपैयाँ सात पैसा, मुल्य आम्दानीको अनुपात ४१ दशमलव ७७ गुणा, प्रतिसेयर नेटवर्थ एक सय ४५ रुपैयाँ ५३ पैसा र तरलता अनुपात १० दशमलव ९९ प्रतिशत रहेको छ ।


