Banking Khabar
ब्रेकिङ
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
फिन–टेक

एउटै गाउँमा सय ल्यान्डलाइन फोन र ८० एडिएसएल अपुग

admin २०७३ माघ २३ गते
सेयर:

लिवाङ (रोल्पा)। नेपाल टेलिकम रोल्पा शाखाले ग्राहकको मागअनुसार ल्यान्डलाइन फोन र एडिएसएल सेवा उपलब्ध गराउन सकेको छैन । कार्यालय प्रमुख कैलाश आचार्यका अनुसार लिवाङ एक्सचेन्जमार्फत तीन सय ८० वटा ल्यान्डलाइन फोन र एक सय ८५ वटा एडिएसएल सेवा वितरण भएपनि लिवाङका लागि मात्र करिब सय ल्यान्डलाइन फोन र करिब ८० वटा एडिएसएल अझै अपुग छ ।

जिल्लाको दोस्रो व्यापारिक केन्द्र सुलिचौर बजारमामा हालसम्म करिब एक सय पाँच ल्यान्डलाइनका ग्राहकले सेवा लिँदै आएका छन् भने करिब ६० वटा एडिएसएलका ग्राहकले सेवा लिइरहेका छन् । कार्यालय प्रमुख आचार्यका अनुसार सुलिचौर बजारका लागि ल्यान्डलाइन फोन उपलब्ध गराउन सकिने भएपनि सेवाग्राहीबाट माग भएको छैन तर सुलिचौर बजारमा एडिएसएल माग भएपनि पोर्टहरु थप्न नसकिएको हो ।

सेवाग्राहीको मागअनुसार सो कार्यालयले पटक पटक सम्बन्धित निकायमा लिखित तथा मौखिक जानकारी गराउँदै आएपनि सम्बन्धित निकायको ध्यान नपुगेको प्रमुख आचार्यको गुनासो छ । जिल्लामा ४९ गाविस र एक नगरपालिका रहेकामा हालसम्म लिवाङ नगरपालिका र मिझिङ गाविसको सुलिचौर बजारमा मात्र धेरथोर मात्रामा ल्यान्डलाइन फोन र एडिएसएल सेवा उपलब्ध हुँदै आएको छ भने जिल्लाको अर्काे व्यापारिक केन्द्र घर्तीगाउँ बजारमा ल्यान्डलाइन फोन उपलब्ध गराउने तयारी छ ।

जिल्लाका केही सेवाग्राहीले नेपाल टेलिकममार्फत सिडिएमए, वाइम्याक्स, थ्रीजी, आदिबाट समेत इन्टरनेट सेवा लिइरहेको कार्यालयले जनाएको छ । रासस

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।