Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

नेपाल एसबीआई बैंकल कमायो ७५ करोड ८७ लाख रुपैयाँ मुनाफा

२०७३ माघ २३ गते

नेपाल एसबिआई बैंक लिमिटेडले चालु आर्थिक बर्षको पुस मसान्तसम्ममा ७५ करोड ८७ लाख २५ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २१.६० प्रतिशत बढी नाफा कमाएको हो । गत आर्थिक वर्षको दोस्रो त्रैमासमा नेपाल एसबीआई बैंकले ६२ करोड ३९ लाख २८ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

चुक्ता पुँजीमा ८२ करोड ५६ लाख रुपैयाँ वृद्धि गरी तीन अर्ब ८८ करोड २७ लाख ३६ हजार रुपैयाँ पुर्याएको बैंकको खुद ब्याज अम्दानी १७.१५ प्रतिशतले बढेको छ भने सञ्चालन मुनाफा २५.६२ प्रतिशतले बढेको छ । पुस मसान्तसम्ममा बैंकको खुद व्याज आम्दानी एक अर्ब ४५ करोड १३ लाख ६२ हजार रुपैँया पुगेको छ भने सञ्चालन मुनाफा एक अर्ब १७ करोड रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोही अवधिको नेपाल एसबीआईको खुद व्याज आम्दानी एक अर्ब १४ करोड १४ लाख ५७ हजार रुपैयाँ थियो भने सञ्चालन मुनाफा ९२ करोड ७१ लाख रुपैयाँ रहेको थियो । त्यस्तै, छ महिनाको अवधिमा बैंकले ७७ अर्ब ५९ करोड ९३ लाख निक्षेप संकलन गरी ५९ अर्ब ७७ करोड २३ लाख रुपैँया कर्जा परिचालन गरेको छ ।

दुई करोड ६८ लाख ३६ हजार रुपैयाँ राइट ब्याक गर्न एसबीआई बैंक सफल भएको छ । खराबकर्जा अनुपातलाई ०.१७ बाट घटाएर ०.१२ प्रतिशतमा झार्न सफल रहेको बैंकले प्रोभिजनमा १५ करोड ९३ लाख ८४ हजार रुपैयाँ र जगेडा कोषमा तीन अर्ब ८५ करोड रुपैयाँ राखेको छ । बैंकको प्रतिसेयर आम्दानी ४० रुपैयाँ ४१ पैसाबाट घटेर ३९ रुपैयाँ ०७ पैसा कायम भएको छ । बैंकको प्रतिसेयर नेटवर्थ १९९.२० पैसा,मूल्य आम्दानी अनुपात ३६.२९ गुणा रहेको छ ।