Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
फिन–टेक

यस्ता छन्, टेलिकमले ल्याएको छुटैछुटका प्याकेज, आजैदेखि प्रयोग गर्न सकिने

२०७३ माघ २३ गते

आफ्नो १३ औं वार्षिक उत्सवका अवसर पारेर मोबाइल सेवा प्रदायक नेपाल टेलिकमले ग्राहकका लागि छुटै छुटका प्याकेजहरु सार्वजनिक गरेको छ । आज (आइतबार)देखि आगामी फागुन ७ गतेसम्म जिएसएम र सिडिएमए प्रिपेडका सबै रिचार्जमा ३ दिनको भ्यालिडिटी सहित टेलिकमले आफ्ना ग्राहकलाई बोनस दिने भएको हो । ५० रुपैयाँको रिचार्ज गर्दा १०, दुई सय रुपैयाँको रिचार्ज गर्दा १० र पाँच सय, हजार रुपैयाँ रिचार्जका १५ प्रतिशत बोनस दिने टेलिकमले सूचनामार्फत जनाएको छ ।

त्यसैगरी टेलिकमले अनलिमिटेड एडिएसएल सेवामा ब्याण्डविथको स्तरोन्नति गर्ने भएको छ । यो सेवा लिने सेवाग्राहीका लागि नयाँ शुल्क निर्धारण गरिएको छैन । हाल ग्राहकले तिरेको शुल्कमा यो सेवा लिन पाइने छ ।

एडिएसएलका ग्राहकले ९ सय रुपैयाँमा २५६ केपिबिएसको इन्टरनेट सेवा पाउनेछन् । हाल ३८४ केपिबिएस गतिको इन्टरनेट सेवा लिइरहेका सेवाग्राहीले १५ सय रुपैयाँमा ५१२ केपिबिएसको इन्टरनेट सेवा पाउने  छन् । ५१२ केपीबिएसको इन्टरनेट चलाइरहेका एडिएसएलका ग्राहकले ७३८ केपिबिएसको इन्टरनेट सेवा पाउने भएका छन् ।

फागुन महिनामा ल्याण्डलाइनका ग्राहकले मासिक रेन्टल चार्जमा अतिरिक्त २५ कलको सुविधा पनि पाउनेछन् । यस्तै फोरजीका नयाँ सस्क्राइबरले चार दिनसम्म १० एमबीको डाटा निःशुल्क प्राप्त गर्नेछन् । टेलिकमले हिजो  (शनिबार)देखि पोखरा र काठमाडौंमा प्रिपेड मोबाइलमा पनि फोरजी सेवा सुरु गरिसकेको छ । जिएसएम नेटवर्कका ग्राहकले २० रुपैयाँमा पाँच दिन भ्यालिडिटी भएको सय एमबीको डाटा पाउने टेलिकमले जनाएको छ ।