लक्ष्मी बैंक लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा ४० करोड ६३ लाख ९३ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३४.०१५ प्रतिशत बढी नाफा कमाएको हो । गत आर्थिक वर्षको दोस्रो त्रैमासमा लक्ष्मीले ३० करोड ३२ लाख ५४ हजार रुपैयाँ मुनाफा आर्जन गरेको थियो ।
तीन अर्ब तीन करोड ९२ लाख २९ हजार रुपैयाँ चुक्तापुँजी भएको लक्ष्मी बैंकको खुद ब्याज आम्दानी गत वर्षभन्दा ३४.९०५ ले बढेर ७७ करोड ६५ लाख १६ हजार रुपैयाँ पुगेको छ । लक्ष्मीको खुद ब्याज आम्दानी गत वर्ष ५७ करोड ५६ लाख १६ हजार रुपैयाँ मात्र थियो । दोस्रो त्रैमाससम्म आइपुग्दा बैंकले ५५ अर्ब ५५ करोड ४८ लाख १८ हजार रुपैयाँ निक्षेप संकलन गरी ४६ अर्ब ७१ करोड एक लाख नौ हजार रुपैयाँ कर्जा प्रवाह गर्न सफल देखिएको छ । बैंकको कर्जा–निक्षेप अनुपात ७७.६९५ पुगेको छ ।
बैंकको खराब कर्जा भने गत वर्ष भन्दा थोरै बढेर १.३१५ पुगेको छ । यो त्रैमासमा बैंकले चार करोड ९० लाख ८४ हजार रुपैयाँ राइट ब्याक गरेको छ । सम्भावित जोखिमका लागि लक्ष्मीले १९ करोड १५ लाख ४७ हजार रुपैयाँ छुट्याएको छ । लक्ष्मीले तीन अर्ब ६२ करोड ६७ लाख २९ हजार रुपैयाँ रिजर्भ कोषमा राखेको छ । रिजर्भ कोेष गत वर्ष भन्दा १२१.९२५ ले बढेको हो । सँगसँगै छ । लक्ष्मीको प्रतिसेयर आम्दानी २६ रुपैयाँ ७४ पैसा र प्रतिसेयर नेटवर्थ २१९ रुपैयाँ ३३ पैसा छ ।


