Banking Khabar
ब्रेकिङ
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
फिन–टेक

‘सुविसु क्यान इन्फोटेक’मा बालकदेखि वृद्धसम्मको भीड, चार दिनमा दुई लाख बढीले गरे अवलोकन

admin २०७३ माघ १७ गते
सेयर:

भृकुटीमण्डपमा जारी ‘सुविसु क्यान इन्फोटेक’ मेलाको आइतवार चौथो दिनसम्म दुई लाख सात हजार बढीले अवलोकन गरेका छन् । प्रदर्शनीको पहिलो दिन ३४ हजार १५४, दोस्रो दिन ३६ हजार ११८ र चौथो दिन आइतवार ६७ हजार २ सय ८ जनाले अवलोकन गरेका थिए । 

प्रदर्शनीमा अवलोकनकर्ताको उत्साहजनक सहभागिता रहेको र बालकदेखि वृद्धसम्मको भिडले नेपालमा सूचना प्रविधिप्रति चासो बढेको आयोजक क्यान महासङ्घका महासचिव विश्वराम बलामीले बताए । मेलाको आइतवार पनि भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकलगायत विभिन्न विशिष्ठ व्यक्तिले अवलोकन गरेका थिए  ।

सुविसु केवलनेटले प्रदर्शनीमा ल्याएको इण्टरनेट र क्लियर टिभीको जम्बो अफरमा अवलोकनकर्ताको आकर्षण देखिएको छ । सुविसुले मात्र रू. ७ हजार ९ सय ९९ मा यो कम्बो अफर ल्याएको हो ।  त्यसैगरी सामसुङका स्मार्टफोनमा पनि अवलोकनकर्ताको घुइँचो लागेको छ । यसपटकको इन्फोटेकमा ग्याजेट्सहरूको रौनक देखिएको छ । सामसुङका अतिरिक्त हुवावे, ओप्पो, मेइजु, लेनोभो, माइक्रोम्याक्स, वानप्लस, एमआइ, ब्लाकभ्यूलगायतका कक्षमा अवलोकनकर्ताको भीड देखिएको छ । त्यसैगरी इण्टरनेट सेवाप्रदायक कम्पनी भायनेट, वेबसर्फरका साथमा नेपाल टेलिकमको फोर जी अफरमा विशेष आकर्षण रहेको क्यान महासङ्घको विज्ञप्तिमा बताइएको  छ । प्रदर्शनमा विभिन्न हार्डवेयर र सफ्वेयर गरी १ सय ५८ कम्पनीका २ सय २२ कक्ष रहेका छन् । रासस

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।