Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
फिन–टेक

सानिमा बैंकले सुरु गर्यो USD Credit कार्ड, भारत र भुटानबाहेक सबै मुलुकमा प्रयोग गर्न सकिने 

२०७३ माघ १० गते

सानिमा बैंकले आफ्ना ग्राहकहरुका लागि चिप प्रविधिमा आधारित डलर क्रेडिट कार्ड प्रयोगमा ल्याएको छ । यो कार्ड VISA कार्ड स्विकृत हुने भारत र भुटानबाहेक विश्वका सम्पूर्ण ATM तथा POS मेसिनहरुमा प्रयोग गर्न सकिने छ ।

चिप प्रविधिमा आधारित र विश्वमा नै बढी स्विकृत हुने यो कार्डबाट ग्राहकहरुले ढुक्क भई सुरक्षित कारोबार गर्न सक्ने बैंकको दाबी छ । यो कार्ड बिदेश भ्रमणको लागि जाने ग्राहकहरुका लागि निकै लाभदायक हुने छ ।