Banking Khabar
ब्रेकिङ
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
फिन–टेक

अब ड्राइभिङ लाइसेन्स सुकेधाराबाट पनि लिन सकिने

admin २०७३ माघ ९ गते
सेयर:

आइतबार (आज) देखि काठमाडौँको सुकेधाराबाट पनि लाइसेन्स लिन पाइने भएको छ । भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री सीताराम महतोले शुक्रबार उद्घाटन गरेको कार्यालयले आजदेखि लाइसेन्स वितरण गर्न थालेको हो ।  सुकेधारासँगै, एकान्तकुना र भक्तपुरको जगाती गरी अब तीन ठाँउबाट लाइसेन्स लिन सकिने छ ।

यसअघि एकान्तकुनाबाट मात्र लाइसेन्स वितरण हुँदै आएको थियो । एउटामात्रै कार्यालय भएका कारण यसअघि सर्वसाधरणले लामो लाईन बस्नुपर्दा विघ्न सास्ती झेल्नुपथ्र्यो । हाल मोटरसाइकलको परीक्षण केन्द्र ट्रायल सेन्टर यातायात व्यवस्था विभाग मीनभवनमा र कारको परीक्षण केन्द्र (ट्रायल सेन्टर) नेसनल ट्रेडिङ, रामशाहपथमा हुँदै आएको छ । 

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।