नेपाल राष्ट्र बैंकले बुधबार फेरि ४० अर्ब रुपैयाँ तरलता बैंकहरुलाई उपलब्ध गराउने प्रस्ताव गरेको छ । मंगलबार पनि सोही अनुपातमा रकम उपलब्ध गराउने प्रस्ताव गरेकोमा स्टान्डर्ड चार्टर्ड बैंकले मात्रै रकम लगेपछि राष्ट बैंकले पुनः प्रस्ताव गरेको हो ।
नेपाल राष्ट बैंक ऋणपत्र विक्री गरी रकम लिन चाहने बैंकहलाई शिलबन्दी बोलकबोल फारम र विक्री गर्न चाहेको ऋणपत्र दिउसो २ बजेभित्र राष्ट बैंकअन्तर्गत राष्ट ऋण व्यवस्थापन विभागमा पेश गरिसक्न आह्वान गरिएको छ ।
काउण्टरपार्टीले नेपाल राष्ट्र बैंक ऋणपत्रको कति रकम विक्री गर्न चाहेको हो भन्ने परिमाण र व्याजरदर समेत उल्लेख गर्नुपर्नेछ । राष्ट्र बैंकले अन्तर बैंक कारोबारमा चलिरहेको ब्याजदरमा पैसा उपलब्ध गराउने छ । सोभन्दा कम व्याजदर प्रस्ताव गर्ने बैंकको आवेदन राष्ट्र बैंकले खारेज गर्नेछ ।
विस्तृत जानकारीका लागि राष्ट्र ऋण व्यवस्थापन विभागको फोन नम्बर ०१ ४१०१७३९ वा ०१ ४१०१७०८ मा सम्पर्क गर्न सकिनेछ ।

