Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

माछापुच्छ्रे बैंकले प्रस्ताव गर्‍यो ६% लाभांश, बोनस र नगद बराबर

२०८३ भाद्र २८ गते

बैंकिङ खबर / माछापुच्छ्रे बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट सेयरधनीलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।

बैंकको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पुँजीको कुल ६ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो। प्रस्तावित लाभांशमा ३ प्रतिशत बोनस सेयर र ३ प्रतिशत नगद लाभांश रहेको छ।

बैंकका अनुसार ३ प्रतिशत बोनस सेयरका लागि ३६ करोड २५ लाख ८६ हजार ३४७ रुपैयाँ र ३ प्रतिशत नगद लाभांशका लागि पनि सोही बराबरको रकम छुट्याइएको छ। नगद लाभांशमा प्रचलित कानुनअनुसार लाग्ने करसमेत समावेश गरिएको बैंकले जनाएको छ।

सञ्चालक समितिबाट प्रस्तावित उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि बैंकको आगामी वार्षिक साधारणसभामा अनुमोदनका लागि पेस गरिनेछ। साधारणसभाबाट पारित भएपछि मात्र सेयरधनीलाई लाभांश वितरण गरिनेछ।

यसअघि बैंकले वितरण गरेको लाभांशको तुलनामा यस वर्षको प्रस्तावित लाभांशबारे लगानीकर्ताको चासो बढेको छ। अन्तिम लाभांश भने नियामकीय स्वीकृति तथा साधारणसभाको निर्णयपछि तय हुनेछ ।