Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

आइएमई ग्रुपद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० करोड सहयोग हस्तान्तरण

२०८३ भाद्र १६ गते

बैंकिङ खबर / आइएमई ग्रुपले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित नागरिकहरूको खोज, उद्धार, तत्काल राहत तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० करोड रुपैयाँ सहयोग हस्तान्तरण गरेको छ ।

सो रकम ग्रुपले प्रवर्द्धन गरेका कम्पनीका प्रतिनिधिहरूसहित आइएमई ग्रुपका अध्यक्ष चन्द्र प्रसाद ढकालले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई आज हस्तान्तरण गर्नु भयो ।

रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण उत्पन्न विषम परिस्थितिमा मानवीय सहयोग तथा सहकार्य मार्फत प्रभावित समुदायलाई हरसम्भव सहयोग जुटाउन आइएमई ग्रुप परिवार प्रतिबद्ध छ । साथै, ग्रुपले आइएमई फाउण्डेशनको समन्वयमा थप राहत तथा जिन्सी सहयोग उपलब्ध गराउने प्रतिबद्धता समेत गरेको छ।