Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

हिमालयन बैंकका अध्यक्ष बैकुण्ठ अर्यालले लिए पद तथा गोपनीयताको शपथ

२०८३ भाद्र १५ गते

बैंकिङ खबर / हिमालयन बैंक लिमिटेडका नवनिर्वाचित अध्यक्ष डा. बैकुण्ठ अर्यालले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।

अध्यक्ष अर्यालले सोमबार नेपाल राष्ट्र बैंकका गभर्नर प्रा. डा. विश्वनाथ पौडेलसमक्ष शपथ लिएका हुन् । शपथसँगै उनले बैंकको सञ्चालक समितिको नेतृत्व औपचारिक रूपमा सम्हालेका छन् ।

यसअघि भदौ १४ गते बसेको हिमालयन बैंकको सञ्चालक समितिको ५०६औँ बैठकले अर्याललाई अध्यक्षमा सर्वसम्मत रूपमा निर्वाचित गरेको थियो । उनको नियुक्ति भदौ १४ गतेदेखि लागू हुने बैंकले जनाएको छ ।नेपाल सरकारका पूर्वमुख्यसचिवसमेत रहेका अर्याल यसअघि हिमालयन बैंकको सञ्चालकका रूपमा कार्यरत थिए । उनी संस्थापक समूहका शेयरधनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको प्रतिनिधित्व गर्दै सञ्चालक बनेका थिए ।

यसअघि बैंकको अध्यक्ष रहेका प्रचण्डबहादुर श्रेष्ठले राजीनामा दिएपछि रिक्त रहेको पदमा अर्याललाई नयाँ अध्यक्षको जिम्मेवारी दिइएको हो ।