Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Ad
बैंक-वित्त

कुमारी बैंकद्वारा दुर्घटनामा ज्यान गुमाएकी परिवारलाई बीमा रकम हस्तान्तरण

२०८३ श्रावण २८ गते

बैंकिङ खबर / कुमारी बैंक लिमिटेडको गढवा शाखाले परिवार सुरक्षा बचत खाता (PSBK) अन्तर्गतको बीमा सुविधाबमोजिम खातावालाको परिवारलाई बीमा रकम हस्तान्तरण गरेको छ।

बैंकका अनुसार श्रीमती खुमा पौडेलका श्रीमान्को सडक दुर्घटनामा निधन भएपछि परिवार सुरक्षा बचत खातासँग सम्बन्धित बीमा सुविधाअन्तर्गत उनकी श्रीमतीलाई बीमा रकम हस्तान्तरण गरिएको हो। बैंकले मृतकका परिवारलाई आर्थिक रूपमा केही राहत पुगोस् भन्ने उद्देश्यले बीमा रकम उपलब्ध गराएको जनाएको छ।

कुमारी बैंकले ग्राहकको वित्तीय सुरक्षा तथा परिवारको आर्थिक संरक्षणलाई प्राथमिकतामा राख्दै विभिन्न बचत योजनामार्फत बीमा सुविधा उपलब्ध गराउँदै आएको जनाएको छ। बैंकका अनुसार परिवार सुरक्षा बचत खाताअन्तर्गत खातावालाको दुर्घटनामा मृत्यु भएमा परिवारलाई बीमा सुविधामार्फत आर्थिक राहत उपलब्ध गराउने व्यवस्था रहेको छ।

बैंकले विपन्न तथा दुर्गम क्षेत्रका नागरिकलाई वित्तीय सेवा र बीमाको पहुँच विस्तार गर्ने उद्देश्यले शाखारहित बैंकिङ तथा साना तथा मझौला उद्यमीलाई आवश्यक समयमा वित्तीय सहयोग प्रदान गर्दै आएको जनाएको छ।

विगत २५ वर्षदेखि निरन्तर बैंकिङ सेवा प्रदान गर्दै आएको कुमारी बैंकले हाल देशभर २८५ शाखा, १९१ एटीएम, ३० एक्सटेन्सन काउन्टर र ४० शाखारहित बैंकिङ इकाइमार्फत सेवा दिइरहेको जनाएको छ। बैंकले नेपाली जनताको वित्तीय आवश्यकता पूरा गर्ने उद्देश्यले प्रत्येक नेपालीको पहुँचमा बैंकिङ सेवा पुर्‍याउने प्रतिबद्धतासहित सहरी, अर्ध–सहरी तथा ग्रामीण क्षेत्रमा सेवा विस्तार गर्दै आएको छ। बैंकले ग्राहकको वित्तीय सुरक्षालाई थप सुदृढ बनाउने उद्देश्यले विभिन्न निक्षेप, कर्जा तथा डिजिटल बैंकिङ सेवासमेत सञ्चालन गर्दै आएको जनाएको छ  ।