आज शुक्रबार दिनभरी नै बैंकहरु खुल्ने भएका छन् । चालु आर्थिक बर्ष २०७३/७४ को आयकर तर्फको प्रथम किस्ता तिर्ने अन्तिम दिन भएकाले बैंकहरु खुला रहने भएका हुन् । नेपाल राष्ट्र बैंकले बुधबार एक सूचना जारी गर्दै सरकारी कारोबार गर्ने सबै बैंकहरुलाई आज अर्थात शुक्रबार अपरान्ह ४ बजेसम्म कार्यालय खोल्न निर्देशन दिएको थियो ।
हरेक आर्थिक बर्षको पुष मसान्त भित्रमा आयकर तर्फको प्रथम किस्ता भुक्तानी गर्नु पर्नेमा यस बर्षको पुष अन्तिम दिन शुक्रबार दिनभर बैंकिङ कारोबार गर्न राष्ट्र बैंकले निर्देशन दिएको हो । आज सबै सरकारी बैंकहरु दिनभर अर्थात अन्य दिनको झै खुला रहने भएको छ ।
