Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
फिन–टेक

डिशहोम ब्रान्ड एम्बेसेडरमा अभिनेत्री दिव्या रायमाझी

२०८३ जेष्ठ १५ गते

बैंकिङ खबर /  डिशहोम इन्टरनेटल अभिनेत्री दिव्या रायमाझीसँगको ब्रान्ड एम्बेसेडर सहकार्यलाई निरन्तरता दिएको छ । कम्पनी र रायमाझीबीच आज डिशहोमको कपोरेट कार्यालय, भैँसेपाटीमा ब्रान्ड एम्बेसेडर सम्झौता नवीकरण सम्पन्न भएको हो । सम्झौतामा डिशहोमको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रसन्न पोख्रेल तथा अभिनेत्री दिव्या रायमाझीले हस्ताक्षर गरेका हुन् । डिशहोम इन्टरनेटले डिजिटल कनेक्टिभिटी, युवा पुस्तासँगको भावनात्मक सम्बन्ध तथा आधुनिक डिजिटल जीवनशैलीलाई प्राथमिकतामा राख्दै आफ्नो ब्रान्ड यात्रालाई निरन्तर अघि बढाइरहेको जनाएको छ । कम्पनीका अनुसार, युवामाझ लोकप्रिय, आत्मविश्वासी तथा नयाँ पुस्ताको प्रतिनिधित्व गर्ने व्यक्तित्वका रूपमा दिव्या रायमाझीसँगको सहकार्यलाई निरन्तरता दिइएको हो ।
यस अवसरमा डिशहोमले आगामी डिजिटल अभियानहरू, ग्राहक केन्द्रित सेवाहरू तथा विशेष मनोरञ्जनमूलक कार्यक्रमहरूमा पनि रायमाझीसँग सहकार्य गर्दै जाने जनाएको छ । डिशहोमले हाल देशभर उच्च गतिको इन्टरनेट तथा डिजिटल टेलिभिजन सेवा प्रदान गर्दै लाखौँ ग्राहकहरूमाझ आफ्नो सेवा विस्तार गरिरहेको छ । सम्झौता नवीकरणपछि अभिनेत्री दिव्या रायमाझीले डिशहोमसँगको सहकार्यलाई निरन्तरता दिन पाउँदा खुशी लागेको बताउँदै नेपाली दर्शक तथा डिजिटल प्रयोगकर्तासँग अझ नजिक भएर जोडिन पाउने विश्वास व्यक्त गरिन् ।