२०८३ बैशाख ४ गते

माछापुच्छ्रे बैंकले NCHL-EFT कार्ड सर्भिसेस् मार्फत NEPALPAY कार्डलाई इनेबल गर्ने

बैंकिङ खबर / माछापुच्छ्रे बैंक लिमिटेड र एनसीएचएल बीच इएफटी कार्ड स्वीचमार्फत नेपालपे कार्डको पेमेन्ट इनेबल गर्न सम्झौता भएको छ। एक औपचारिक कार्यक्रममा माछापुच्छ्रे बैंकको प्रमुख डिजिटल बैंकिङ अधिकृत माधव सुबेदी तथा एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानद्धारा सम्झौतापत्रमा हस्ताक्षर गरी उक्त सम्झौतापत्र आदानप्रदान गर्नुभएको हो।

एनसीएचएलको इएफटी स्वीच नेशनल कार्ड स्वीच (NPS-NCS) संग इन्टिग्रेट भइसकेको र उक्त सम्झौता पश्चात् माछापुच्छ्रे बैंकले आफ्नो ग्राहकहरुका लागि नेपालपे कार्ड जारी गर्न सक्नेछ, साथै डिस्कभर नेटर्वक अन्तर्गतका अन्तर्राष्ट्रिय कार्डहरु र RUPAY कार्ड समेत अक्वायर गरी नेपालपे कार्डका कारोबारहरु प्रोसेस गर्न सक्ने । पहिलो चरणमा बैंकले आफ्नो १९९ भन्दा वटा एटीएम र ३००० भन्दा वटा पीओएस टर्मिनल मार्फत नेपालपे कार्डको अक्वायरिङ्गका लागि इनेबल गर्नेछ भने क्रमिक रुपमा उक्त कार्ड आफ्नो ग्राहकहरुलाई जारी समेत गर्नेछ।

एनसीएचएलले हालै नेपालपे कार्डको व्यावसायीक रोलआउट शुरु गरिसकेको छ भने अन्तर्राष्ट्रिय पार्टनर डिस्कभर नेटवकमार्फत नेपालपे कार्ड विश्वव्यापी रुपमा प्रयोग गर्न सकिने भएको छ। नेशनल पेमेन्ट स्विच अन्तर्गत नेपालपे सञ्चालनमा आएसँगै बैंक तथा वित्तीय संस्था, भुक्तानी सेवाप्रदायक र भुक्तानी प्रणाली सञ्चालकले जारी गर्ने नेपालपे कार्डहरू नेपाल तथा विदेशमा रहेका एटीएम र पीओएस टर्मिनलमा समेत प्रयोग गर्न सकिने भएको छ। साथै अन्तर्राष्ट्रिय डिस्कभर कार्ड तथा डिस्कभर पार्टनर कार्डहरु पनि नेपालमा प्रयोग गर्न सकिने भएको छ।

एनसीएचएलको इएफटी सर्भिसेस् मार्फत हाल १० वटा सदस्य बैंक वित्तीय संस्थाहरुले विभिन्न अन्तर्राष्ट्रिय कार्ड स्कीमहरु प्रोसेस गर्दै आइरहेका छन्। हालै इएफटी र नेशनल पेमेन्ट स्वीच बीचको इन्टिग्रेसनसंगै अब नेपालपे कार्ड पनि प्रोसेस गर्न सक्ने भएको हो। इएफटीका अन्य सदस्य बैंक तथा वित्तीय संस्थाहरुले पनि नेपालपे कार्ड अक्वायर तथा इस्यू गर्ने तयारी गरिरहेका छन्। हालसम्म नेपालपेमा ३४ भन्दा बढि बैंक वित्तीय संस्थाहरु आवद्ध भई रोलआउटको विभिन्न चरणमा छन्। नेपालपे कार्ड कार्यान्वयनमा आइसकेको छ र हाल २ वटा कमर्सियल बैंकहरुले कार्ड इस्यू गर्न शुरु गरिसकेको छ भने तीन वटा कमर्सियल बैंकहरुले अक्वायरिङ्ग पनि गर्दै आइरहेको छ र आगामी दिनहरुमा यो वृद्धि हुने अपेक्षा गरिएको छ।

नेपालका अग्रणी बैंकहरु मध्येको माछापुच्छ्रे बैंकले हाल १८ लाख भन्दा बढि ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ। पछिल्लो समय देखि बैंक डिजिटलाइजेसन तर्फ केन्द्रित हुँदै आन्तरिक प्रणाली तथा ग्राहक सेवालाई तीव्र रुपमा रुपान्तरण गर्दै आइरहेको छ। देशभर बैंकका १६५ वटा शाखा, १२ विस्तारित काउन्टर, ८८ शाखारहित बैंकिङ्ग सेवा तथा १९९ एटीएम टर्मिनल सञ्चालनमा रहेका छन्। बैंकका हालसम्म ४ लाख भन्दा बढि कार्डहोल्डर ग्राहकहरु रहेका छन्।

थप जानकारीका लागिः www.nchl.com.np र www.machbank.com  मा हेर्नुहोस्।