Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
फिन–टेक

क्रेडिट सुविधा सुरु गर्दै नेपाल टेलिकम

२०७३ पुष २५ गते

नेपाल टेलिकमका ग्राहकले सापटी लिन पाउने भएका छन् । नेपाल टेलिकमले आफ्ना प्रिपेड ग्राहकहरुलाई क्रेडिट सुविधा उपलब्ध गराउन लागेको हो । टेलिकमकी महाप्रबन्धक कामिनी राजभण्डारीले पोखरामा आयोजित एक कार्यक्रममा बोल्दै टेलिकमले क्रेडिट सुविधा उपलब्ध गराउने जानकारी दिएकी हुन् । कति रकमसम्म सापटी पाउने र भुक्तानी प्रक्रिया कस्तो हुने विषयमा निर्णय गरी छिटै नै सापटी सेवा ल्याउने तयारी थालेको टेलिकमले जानकारी दिएको छ ।