
बैंकिङ खबर / रिलायन्स फाईनान्स लिमिटेडले देशका बिभिन्न स्थानहरुमा वित्तीय साक्षरता कार्यक्रमहरु सम्पन्न गरेको छ। ग्लोबल मनी विक २०२६ को अवसरमा फाइनान्सले बिभिन्न बिषयहरुमा ग्राहकहरुलाई सचेतना जगाउने उदेश्यले कार्यक्रमहरु गरेको हो। फाईनान्सले युवापुस्तामा वित्तीय अनुशासन, Digital Payment तथा Smart Money Talk लगायत अन्य बिभिन्न बिभिन्न आर्थिक तथा वित्तीय बिषयहरुमा जानकारी गराएको हो।
कार्यक्रममा शाखाका कर्मचारीहरु, ग्राहकहरु तथा सरोकारवालाको उल्लेखनिय उपस्थिति रहेको थियो। साक्षरता कार्यक्रमहरुको साथै फाईनान्सले नेपाल राष्ट्र बैंक तथा देशका बिभिन्न स्थानमा बैंकर्स क्लबहरुले आयोजना गरेको सचेतनामूलक र्यालीहरुमा समेत उल्लेखनिय सहभागिता जनाएको व्यहोरा फाईनान्सका नायव प्रमुख कार्यकारी अधिकृत रामहरि आचार्यले जानकारी दिनुभयो।
देशभरी २१ वटा शाखा रहेको रिलायन्स फाईनान्सले यसअघि बिभिन्न कार्यक्रमहरुमार्फत संस्थागत सामाजिक उत्तरदायित्वका कार्यहरु गर्दै आईरहेको छ भने बिभिन्न संस्थाहरुसंग हातेमालो गर्दै ग्राहकहरुलाई थप सेवा प्रदान गरिरहेको छ।



