Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

कामना सेवा विकास बैक र Chitwan Grand Regency Resort बीच सम्झौता

२०८२ चैत्र ८ गते

बैंकिङ खबर / कामना सेवा विकास बैंकले चितवन, भरतपुर स्थित चितवन ग्रान्ड रिजेन्सी रिसोर्ट (CGR Resort) सँग सेवा शुल्क छुट सम्बन्धी सम्झौता गरेको छ। यस सम्झौता अन्तर्गत बैंकका कर्मचारी र ग्राहकहरुले अकोमोडेसन, फुड र बेभरेजमा २० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन्। बैंकको ग्राहकहरुले बैंकसँगको आबद्धता भएको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिनेछ। यस सम्झौताबाट बैंकसँग आबद्ध सम्पूर्ण महानुभावहरुले विशेष लाभ लिने बैंकले विश्वास लिएको छ। उक्त छुट सम्बन्धी सम्झौतामा बैंकका तर्फबाट नारायणगढ क्षेत्रका प्रमुख सुरेन्द्र भण्डारी र होटलका प्रबन्ध निर्देशक जनार्धन रिजालले हस्ताक्षर गर्नुभएको छ ।