Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Ad
Banner News

राष्ट्र बैंकले बैंकिङ प्रणालीमा पुनः पठायो १० अर्ब तरलता

२०७३ पुष २४ गते

नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा पुनः १० अर्ब रुपैयाँ तरलता (लगानीयोग्य पुँजी) पठाएको छ । बैंक तथा वित्तीय संस्थामा तरलता अभाव भएको भन्दै राष्ट्र बैंकले रिपो बोलकबोलमार्फत तरलता पठाएको हो । राष्ट्र बैंकले १४ दिनका लागि ४.८७०१ प्रतिशत व्याजदरमा आइतबार रिपो जारी गरेको हो । 

आह्वान गरिएको रकमभन्दा बढी माग भएमा समानुपातिक रुपमा बाँडफाँट गरिने राष्ट्र बैंकले जनाएको छ । रिपो उपकरणको भुक्तानी मितिका दिन निर्धारित साँवा तथा ब्याज रकम सम्बन्धित बैंकको यस बैंकमा रहेको खाता खर्च गरी भुक्तानी लिइने बताइएको छ । 

राष्ट्र बैंकले शुक्रबार पनि २० अर्ब रुपैयाँ बराबरको रिपो जारी गरी बैंकिङ प्रणालीमा तरलता पठाएको थियो । बैंक तथा वित्तीय संस्थाहरुको नियामक निकाय भएको नाताले बैंकिङ प्रणालीमा तरलता सन्तुलन कायम गर्ने जिम्मेवारी नेपाल राष्ट्र बैंकलाई दिइएको छ । त्यसैले, राष्ट्र बैंकले बैंकिङ प्रणालीमा तरलता अभाव हुँदा रिपोमार्फत पठाउने र तरलता बढी हुँदा रिभर्स रिपोमार्फत प्रशोचन गर्ने गर्दछ ।