Banking Khabar
ब्रेकिङ
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बैंक बैंक-वित्त इन्स्योरेन्स
फिन–टेक

डिजिटल बैंकिङमा ‘ट्रिपल लक’ प्रणाली लागू गर्ने तयारी

admin २०८२ फाल्गुन १९ गते
सेयर:

बैंकिङ खबर / नेपाल राष्ट्र बैंकले डिजिटल वित्तीय कारोबारलाई सुरक्षित र विश्वसनीय बनाउन तीन तहको प्रमाणीकरण ( Authentication) प्रणाली अपनाउन आग्रह गरेको छ। वित्तीय चेतनामूलक सन्देशमार्फत बैंकले डिजिटल प्रविधिको बढ्दो प्रयोगसँगै दुरुपयोग तथा जोखिमको सम्भावना पनि वृद्धि भएकाले उच्चस्तरीय सुरक्षा उपाय अपनाउन आवश्यक रहेको उल्लेख गरेको छ।

बैंकका अनुसार डिजिटल वित्तीय कारोबारमा तीन तहको सुरक्षा प्रणाली प्रयोग गर्नुपर्छ। यस अन्तर्गत

१. तपाईलाई मात्र थाहा हुने – पासवर्ड, पिन नम्बर वा गोप्य प्रश्नको उत्तर,

२. तपाइसँग मात्र हुने – मोबाइल फोन, बैंक कार्ड वा सुरक्षा टोकन

३. तपाइको आफनै – औँठाछाप अनुहार वा आँखाको स्क्यान जस्ता बायोमेट्रिक विवरण समावेश छन्।

नेपाल राष्ट्र बैंकले यस्ता प्रमाणीकरण विधिहरू प्रयोग गरी आफ्ना वित्तीय विवरण तथा व्यक्तिगत जानकारी अत्यन्त गोप्य राख्न सबै सेवाग्राहीलाई आग्रह गरेको छ।

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।