Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

नेपाल बैंक र सिग्मा डायग्नोस्टिक्स ल्यावरेटरी प्रा. लि. बिच सम्झौता।

२०८२ फाल्गुन १७ गते

बैंकिङ खबर / नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडमा खाता रहेका ग्राहकहरू, बैंकमा कार्यरत कर्मचारीहरु र कर्मचारीका परिवारका सदस्यहरुलाई भक्तपुर, बडा नं.९, राधेराधे स्थित सिग्मा डायग्नोस्टिक्स ल्यावरेटरी प्रा. लि.ले प्रदान गर्ने स्वास्थ्य सेवामा लाग्ने शुल्कमा विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ।

सो सम्झौता बमोजिम नेपाल बैंक लिमिटेडमा खाता रहेका ग्राहकहरू, बैंकमा कार्यरत कर्मचारीहरु र कर्मचारीका परिवारका सदस्यहरूलाई प्याथोलोजि ल्यावको विविध सेवा शुल्कहरूमा डिजिटल कारोबारहरुमा मात्र लागू हुनेगरी बिल रकमको २० प्रतिशत देखि ५० प्रतिशतसम्म छुट हुने व्यवस्था गरिएको छ।

सम्झौता पत्रमा मिति २०८२ फागुन ०८ गते बैकको तर्फबाट बजारीकरण तथा अनुसन्धान डिभिजनका प्रमुख निर्मल सुवेदी र सिग्मा डायग्नोस्टिक्स ल्यावरेटरी प्रा. लि. को तर्फबाट ल्याव निर्देशक वेद प्रकाश मिश्रले हस्ताक्षर गर्नुभयो। यसबाट नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरू र बैंकमा खाता रहेका ग्राहकहरू डायग्नोस्टिक सेन्टरको ल्याबबाट प्रदान गरिने सहुलियतपूर्ण स्वास्थ्यसेवाबाट लाभान्वित हुन सक्नेछन् ।