Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

चितवनका उम्मेदवारहरुले बैंकिङ्ग खातामा दिए चासो।

admin २०८२ फाल्गुन ६ गते
सेयर:

बैंकिङ खबर / आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि चितवनमा दर्ता भएका ६४ उम्मेदवारमध्ये १९ जनाले बैंकिङ्ग कारोबारका लागि निर्वाचन कार्यालयबाट अनुमति पाएका छन्। यसमा १८ जना राजनीतिक दलका उम्मेदवार र एक जना स्वतन्त्र उम्मेदवार रहेका छन्।

जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी नेत्रराज श्रेष्ठका अनुसार फागुन २१ गते हुने निर्वाचनमा बैंक खाता अनिवार्य भएकाले उम्मेदवार र उनका प्रतिनिधिहरू आवश्यक जानकारी र सिफारिसका लागि कार्यालयमा आउने क्रम बढेको छ। बैंक खातामा राजनीतिक दल तथा उम्मेदवारबाट प्राप्त हुने स्वेच्छिक सहयोग र प्रचार खर्च पारदर्शी र मितव्ययी बनाउने व्यवस्था गरिएको छ।

यसैबीच, जिल्लामा ११ जना उम्मेदवारले आफ्नो घोषणापत्र निर्वाचन आयोगमा बुझाएका छन्। यसमा आठ जना दलका उम्मेदवार र तीन जना स्वतन्त्र उम्मेदवार रहेका छन्। चितवनमा निर्वाचनका लागि १,२५० आइपुगेको र आवश्यक सामग्री क्रमशः वितरण भैरहेको श्रेष्ठले जानकारी दिए। जिल्लामा तीन निर्वाचन क्षेत्र, १६२ मतदानस्थल र ४९४ मतदान केन्द्र छन्। मतदाता संख्या चार लाख ४२ हजार ८२ रहेको छ, जसमा दुई लाख १७ हजार ३१४ पुरुष, दुई लाख २४ हजार ७६६ महिला र दुई तेस्रो लिङ्गी रहेका छन्।

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।