Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

एनसीएचएलका सीईओ “Manager of the Year 2025”अवार्ड बाट सम्मानित।

admin २०८२ माघ २८ गते
सेयर:

बैंकिङ खबर / नेपाल क्लियरिङ्ग हाउस लि.का प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानलाई नेपाल व्यवस्थापन संघ (MAN) द्वारा आयोजित ४५औँ National Management Convention 2026 मा “Manager of the Year 2025” अवार्डबाट सम्मानित गरिएको छ।

प्रधानले नेपालको डिजिटल भुक्तानीको क्षेत्रमा पुर्याउँदै आएको योगदान तथा वहाँको नेतृत्वमा एनसीएचएलले स्थापना तथा सञ्चालन गर्दै आएको NCHL-ECC, NCHL-IPS, RPS, NPS, connectIPS, CORPORATEPAY, NEPALPAY QR, NEPALPAY Card, EFT Switch, NPI र NPIx लगायतका १० भन्दा बढी राष्ट्रिय भुक्तानी पूर्वाधारहरुले डिजिटल अर्थतन्त्रमा पार्नुभएको प्रभाव को सम्मान स्वरुप उक्त अवार्ड प्रदान गरिएको हो। सन् २०११ मा एनसीएचएलको कार्यभार सम्हालेका प्रधानले चेक क्लियरिङ्गबाट सुरु गरी एनसीएचएललाई आजको दिनमा आइपुग्दा नेपालको भुक्तानी पूर्वाधारको मेरुडण्डको रुपमा स्थापित गर्न सफल हुनुभएको छ।

नेपाल व्यवस्थापन संघले प्रत्येक वर्ष प्रदान गर्ने गरेको Manager of the Year अवार्ड व्यवस्थापन क्षेत्रमा अतुलनीय योगदान पुर्याउँदै आएका विशिष्ट व्यक्तित्वहरु मध्येबाट छनोट गरी सम्मानित गर्न प्रदान गरिँदै आएको छ। सोहि कार्यक्रममा नेपालमा आफ्नो विशेष योगदान पुर्याउनु भएका डा. युवराज खतिवडालाई Lifetime Achievement Award बाट सम्मनित गरिएको थियो।

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।