Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

रिलायन्स फाइनान्सको सिइओमा बुद्धि कुमार मल्ल।

admin २०८२ माघ २७ गते
सेयर:

बैंकिङ खबर / फागुन १ गतेदेखि रिलायन्स फाइनान्सको नेतृत्व डा. बुद्धि मल्लले सम्हाल्ने भएका छन्। संस्थाले उनलाई प्रमुख कार्यकारी अधिकृत (सीईओ) को जिम्मेवारी दिएको छ। विकास बैंक तथा फाइनान्स कम्पनीहरूमा लामो समय काम गरिसकेका मल्ल बैंकिङ क्षेत्रका एक गतिशील र अनुभवी बैंकरका रूपमा परिचित छन्।

यसअघि उनले ओम फाइनान्स र राइजिङ डेभलपमेन्ट बैंकमा प्रमुख कार्यकारी अधिकृतका रूपमा कार्य गरेका थिए। त्यसैगरी ओम डेभलपमेन्ट बैंक, सांग्रिला डेभलपमेन्ट बैंक र त्रिवेणी विकास बैंकमा उनी दोस्रो वरीयताका कार्यकारी पदमा रहेका थिए। पछिल्लो समय उनी एनएमबि बैंकमा विभागीय प्रमुखका रूपमा कार्यरत थिए। ‘क’ वर्गको बैंकमा काम गरेको अनुभवले उनको नेतृत्व क्षमता थप निखारेको छ।

रिलायन्स फाइनान्समा उनको आगमनलाई बैंकिङ क्षेत्रमा चासोका साथ हेरिएको छ। उनको लामो अनुभव, नयाँ सोच र ऊर्जाशील कार्यशैलीले संस्थालाई कुन दिशामा लैजान्छ भन्ने विषयमा सरोकारवालाहरूको ध्यान केन्द्रित छ। उनी सधैं नया योजना र उत्साहका साथ काम गर्न रुचाउने व्यक्तिका रूपमा चिनिन्छन्।

बैंकिङ करिअरकै अवधिमा डा. मल्लले विद्यावारिधि (पीएचडी) उपाधि हासिल गरेका हुन्। उनले क्रेडिट रिस्क म्यानेजमेन्ट विषयमा शोध गरेका छन्। उनी एक कुशल लेखकसमेत हुन्। कुनै समय वैदेशिक रोजगारीका लागि खाडी मुलुक पुगेका व्यक्तिको यो उचाइसम्मको यात्रा धेरैका लागि प्रेरणादायी बनेको छ। 

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।