Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

अकाउन्टिङलाई प्रविधिमैत्री र डेटामुखी बनाउने !

admin २०८२ माघ २५ गते
सेयर:

बैंकिङ खबर / अकाउन्टिङ र व्यवसाय अभ्यासमा केन्द्रित ‘टिगकन २०२६’ माघ १८ गते ललितपुरको पुलचोकस्थित हिमालय होटलमा सम्पन्न भएको छ। सम्मेलनमा परम्परागत अकाउन्टिङ प्रक्रियालाई कसरी प्रविधिमैत्री, डेटामा आधारित र प्रभावकारी बनाउन सकिन्छ भन्ने विषयमा गहन छलफल गरिएको थियो।कार्यक्रममा लेखा व्यवसायी, बैंक तथा वित्तीय संस्थाका प्रतिनिधि, साना तथा मझौला व्यवसायी, प्रविधि व्यवसायी र अन्य डिजिटल इकोसिस्टमका प्रतिनिधिहरू सहभागी थिए।

कन्फेरेन्सको पहिलो सेसन ‘Trust as Collateral: The Future of Lending Powered by Reliable Financial Data’ मा ग्लोबल आईएमई बैंकका डेपुटी सीईओ सुमन पोखरेलले अब घर-जग्गा धितोभन्दा व्यवसायको प्रकृति र क्यासफ्लोमा आधारित डेटा हेरेर कर्जा दिने अभ्यास बढ्दै गएको बताए। ‘डिजिटल अकाउन्टिङको पहुँचले व्यवसायिक जोखिम मूल्याङ्कनमा ठूलो परिवर्तन ल्याएको छ। टिगमार्फत क्लाउडबाट सुरक्षित वित्तीय डेटा साझा गर्दा बैंकहरूले रियल-टाइममा वित्तीय डेटा हेरेर निर्णय लिन सक्छन्।

यसले साना तथा मझौला व्यवसायका लागि वित्तीय पहुँच विस्तार गर्छ र व्यवसाय-बैंक बीचको विश्वास बलियो बनाउँछ,’ उनले भने दोस्रो सेसनमा चार्टर्ड अकाउन्टेन्ट अरूण राउतले अकाउन्टिङ फर्महरूलाई कर र लेखा परीक्षणमा मात्र सीमित नरही व्यवसायको दिगो विकास र रणनीतिक निर्णयमा सहयोगी भूमिका निभाउन आवश्यक रहेको बताए।

लाइभ बैंको स्टेटमेन्ट र अटोमेटेड रिकन्सिलेसनका कारण अब अकाउन्टिङको काम छिटो, सहज र सही हुँदै गएको उनको भनाइ छ। अन्तिम सेसनमा रारा ल्याब्सका संस्थापक मनोज घिमिरेले प्रविधिले व्यवसायिक काम, अकाउन्टिङ र अडिट प्रक्रियालाई सहज बनाउँदै लगिरहेको जानकारी दिए। ‘एआईले दोहोरिने र झन्झटिला कामहरू स्वचालित बनाउँदै जान्छ। भविष्यमा अडिट पनि रियल-टाइम हुनेछ, जसका कारण व्यवसायको अवस्था बुझ्न वर्ष दिन कुर्नु पर्दैन,’ उनले भने, ‘प्रविधिले धेरै काम स्वचालित बनाउँदा मानिसको भूमिका नैतिकता, जिम्मेवारी र निर्णय प्रक्रियामा अझ केन्द्रित हुनेछ।’

उनका अनुसार टिग जस्ता सफ्टवेयरले परम्परागत लेखा प्रक्रियालाई सजिलो बनाउँदै व्यवसायको निर्णय प्रक्रियामा बढी ध्यान केन्द्रित गराउन सहयोग गर्नेछन् । टिग नेपालको लोकप्रिय अकाउन्टिङ सफ्टवेयर हो, जसले अटोमेसन, कम्प्लायन्स र इन्टेलिजेन्ट रिपोर्टिङ एउटै प्लेटफर्मबाट उपलब्ध गराउँदै व्यवसायलाई सजिलो र विश्वासिलो बनाउँदै आएको छ।

यसले साना तथा मझौला व्यवसाय र इन्टरप्राइजको वित्तीय व्यवस्थापन सरल र स्केलेबल बनाउन महत्त्वपूर्ण भूमिका खेलेको छ।

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।