Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

एन आई सी एशिया बैंक र सूर्यज्योति लाइफ इन्स्योरेन्सबीच सम्झौता।

admin २०८२ माघ ११ गते
सेयर:

बैंकिङ खबर / एन आई सी एशिया बैंक र सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी बीच सूर्यज्योति लाइफ इन्स्योरेन्सका बीमित र बीमा अभिकर्ताहरूलाई यस बैंकले लाइफ टाइम निःशुल्क क्रेडिट कार्ड सेवा प्रदान गर्ने सम्बन्धी एक रणनीतिक साझेदारी गर्ने समझदारी भएको छ। काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच दुई संस्थाबीच समझदारी पत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुजित कुमार शाक्यज्यू र सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रकाश विक्रम खत्रीज्यूले हस्ताक्षर गर्नुभयो।

यसबाट सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीका बीमित तथा अभिकर्ताहरूले वार्षिक शुल्क बिना क्रेडिट कार्ड प्राप्त गर्ने अवसर प्राप्त गर्दै निजहरूलाई आकस्मिक वित्तीय आवश्यकता व्यवस्थापन गर्न र डिजिटल भुक्तानीका सुविधाहरू उपयोग गर्न थप सहज बनाउनेछ।

ग्राहकहरूलाई परिष्कृत र सुलभ बैंकिङ्ग सेवा प्रदान गर्ने निरन्तरको प्रयास स्वरूप बैंकले सूर्यज्योति लाइफसँग गरेको यो सहकार्यबाट सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीमा आबद्ध बीमित र अभिकर्ताहरूलाई क्रेडिट कार्डको माध्यमबाट डिजिटल अर्थतन्त्रमा जोड्न थप लाभ पुग्ने बैंकले विश्वास लिएको छ।

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।