Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

सानिमा बैंकका ग्राहकहरुलाई BigMart मा आकर्षक क्यासब्याक।

admin २०८२ माघ ८ गते
सेयर:

बैंकिङ खबर / सानिमा बैंकले BigMart क्यासब्याक योजनाको पहिलो चरणको अपार सफलता पश्चात् आफ्ना ग्राहकहरुका लागि समय थप गरी योजना पुनः सञ्चालन गरेको छ।

उक्त योजना अन्तर्गत, सानिमा बैंकका ग्राहकहरुले हरेक शुक्रबार सानिमा डेबिट तथा क्रेडिट कार्ड मार्फत BigMart मा सामान खरिद गरी भुक्तानी गर्दा १० प्रतिशत वा अधिकतम रु २०० सम्मको क्यासब्याक पाउने व्यवस्था गरेको छ। यो योजना २०८३ साल असारसम्मका लागि लागू हुनेछ।

बैंकले यसैगरी ग्राहकहरुलाई विभिन्न छुट तथा अफरहरु प्रदान गरी डिजिटल भुक्तानीको अधिकतम प्रयोग गर्न प्रोत्साहन गर्दै आएको छ। छुटको विस्तृत विवरण बैंकको वेबसाइट https://www.sanimabank.com/digital-banking/offers मा उपलब्ध छ ।

सानिमा बैंकको देशको सातै प्रदेशमा १३४ वटा कार्यालयहरु तथा १२८ वटा ए.टि.एम.हरु संचालनमा रहेका छन् ।

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।