Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

नेपाल बैंक र ब्ल्याक हर्स इण्डष्ट्रिज प्रा. लि. बीच सम्झौता।

admin २०८२ माघ ५ गते
सेयर:

बैंकिङ खबर / नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडमा खाता रहेका ग्राहकहरू र बैंकमा कार्यरत कर्मचारीहरुलाई काठमाडौंको नागार्जुनमा रहेको जुत्ता उत्पादन उद्योग ब्ल्याक हर्स इण्डष्ट्रिज प्रा.लि.ले उत्पादन र बिक्रि गर्ने गरेको “ब्ल्याक हर्स ” ब्राण्डका विभिन्न किसिमका जुत्ताहरुको खरिद गर्दा लाग्ने शुल्कमा बिल रकममा १० देखि २० प्रतिशतसम्म छुट हुने व्यवस्था गरिएको छ।

सम्झौता पत्रमा मिति २०८२ साल पौष ३० गते बैकको तर्फबाट बजारीकरण तथा अनुसन्धान डिभिजनका प्रमुख निर्मल सुवेदी र ब्ल्याक हर्स इण्डष्ट्रिज प्रा.लि.को तर्फबाट प्रबन्ध निर्देशक चिन बहादुर श्रेष्ठले हस्ताक्षर गरेन। यसबाट नेपाल बैंक लिमिटेडमा खाता रहेका ग्राहकहरू र बैंकमा कार्यरत कर्मचारीहरुले ब्ल्याक हर्स इण्डष्ट्रिज प्रा.लिद्वारा उत्पादित ब्ल्याक हर्स ब्राण्डका जुत्ताहरु देशभर रहेका विक्रेताहरुबाट खरिद गर्दा सुपथ मूल्यमा खरिद गर्न सक्नेछन्।

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।