
बैंकिङ खबर । लुटेराको एक समुहले सिन्धुलीको घ्याङ्लेख गाउँपालिका–२ मा रहेको एसबीआई बैंकमा लुटपाट गरेका छन् । लुटपाटमा संलग्न एक जना व्यक्तिलाई पक्राउ गरिएको छ । उनी गाडी चालक भएको बताइएको छ । जिल्ला प्रहरी कार्यालय, सिन्धुलीका अनुसार साँझ ७ बजेतिर बैंकमा लुटपाट भएको थियो । लुटपाटपछि प्रहरीले घटनाका बारे अनुसन्धान गरीरहेको छ । बैंक लुटपाटमा संलग्न व्यक्तिहरु भागेर फरार भएका छन् । उनीहरु आएको सवारी साधन र चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । नकाबधारीका रुपमा आएको समुहले बैंक लुटपाट गरेको हो । उनीहरुले सेक्युरिटी गार्डलाई कुटपीट गरेर कर्मचारीलाई समेत नियन्त्रणमा लिएर पैसा लुटेको जनाइएको छ । उनीहरूको थप खोजी भइरहेको प्रहरीले जनाएको छ ।